पाकिस्तानमा पनि ब्युँतियो संसद्, प्रधानमन्त्रीको निर्णय बदर

काठमाडौँ : पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानले गरेको संसद् विघटनको निर्णय बदर गर्ने निर्णय गरेको छ।
अविश्वास प्रस्ताव आउने भएपछि खानले खानले संसद् विघटन गरेर निर्वाचनको मिति घोषणा गरेका थिए। अदालतले संसद् पुनर्स्थापनाको आदेश दिँदै प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि ९ अप्रिलमा मतदान गर्न आदेश समेत दिएको छ।
चैत २४, २०७८ बिहीबार २१:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।