अब २ दिन सरकारी बिदा,मन्त्रीपरिषद्ले गर्‍यो निर्णय

अब २ दिन सरकारी बिदा,मन्त्रीपरिषद्ले गर्‍यो निर्णय

काठमाडौँ : सरकारी खर्च कटाउन सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको सिफारिस अनुसार २ दिन बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

मन्त्रीपरिषद्ले सरकारी खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णयसँगै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसबारे थप छलफलपछि निर्णय कार्यान्वयनमा आउने ती मन्त्रीले जानकारी दिए। 

सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार गर्न सरकारी कार्यालयको समय बढाउने र त्यसबापत २ दिन बिदा दिन धेरै अगाडिदेखि सुझाव गए पनि सरकारले कार्यान्वयन गरेको थिएन।

आर्थिक सङ्कट बढेपछि नेपाल राष्ट्र बैङ्कले दिएको सुझाव मन्त्रीपरिषद्ले कार्यान्वयन गरेको हो।

चैत २४, २०७८ बिहीबार २१:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।