मन्त्रीपरिषद्ले गर्‍यो राजदूत सिफारिस : नेताका ज्वाइँ- नातेदार  प्राथमिकतामा

मन्त्रीपरिषद्ले गर्‍यो राजदूत सिफारिस : नेताका ज्वाइँ- नातेदार  प्राथमिकतामा
रातो घेरामा नेपालको बहिनी ज्वाइँ। तस्बिर : जनआस्था

काठमाडौँ : निर्वाचन आचारसंहिता लागु हुनु अगाडि राजनीतिक नियुक्ति सक्काउन हतारिएको सरकारले रिक्त रहेका राजदूतहरूमा नेताका ज्वाइँ र विवादितको नाम सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेललाई अस्ट्रेलिया, उर्जामन्त्री पम्फा भुसालकी बहिनी ज्वाइँ वासुदेव मिश्रलाई श्रीलङ्काको राजदूतमा सिफारिस गरेको छ। यी राजनीतिक सिफारिसमा परेका हुन्।

परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी, घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्लेको नाम सिफारिस भएको छ। यी सबै सह-सचिव हुन्।

राजनीतिक कोटामा केपी ओलीको पालामा ओमानको राजदूत रहेकी शर्मिला पराजुलीको नाम स्पेनका लागि सिफारिस भएको छ। विश्वम्भर प्याकुरेलकी श्रीमती ज्योति प्याकुरेल दक्षिण कोरियाको राजदूतमा सिफारिस भएकी छिन्।

विष्णु पुकार श्रेष्ठ चीन, दानबहादुर तामाङ दक्षिण अफ्रिका, शान्ता रिजाल इजरायल, रामसुरज राय डेनमार्क, मिलन तुलाधर रसिया, वासुदेव मिश्र श्रीलङ्का र डिल्लीराज पौडेल मलेसियाको राजदूतका लागि सिफारिस भएका छन्।

चैत २४, २०७८ बिहीबार २१:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।