सरकारद्वारा २० देशमा राजदूत सिफारिस, कुन देशका लागि को ?

सरकारद्वारा २० देशमा राजदूत सिफारिस, कुन देशका लागि को ?

काठमाडौँ : सरकारले लामो समयदेखि रिक्त रहेका २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। 

मन्त्रिपरिषद्को आज अपराह्न भएको बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो।

स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो । सरकारले सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था रहेको छ।

को को भए राजदूत सिफारिस

बिष्णुपुकार श्रेष्ठः चीन

बासुदेव मिश्रः श्रीलंका

दानबहादुर तामाङः दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकालः स्पेन

मिलन तुलाधरः रूस

डिल्लीराज पौडेलः मलेसिया

शान्ता रिजालः इजरायल

नवराज सुवेदीः साउदी

घनश्याम बन्जाडेः बंगलादेश

दुर्गाबहादुर सुवेदीः जापान

निर्मलराज काफ्लेः ब्राजिल

भरतकुमार रेग्मीः अष्ट्रिया

सुशीलकुमार लम्सालः इजिप्ट

कैलाश पोखरेलः अष्ट्रेलिया

डिल्लीराज पौडेलः कतार

ज्योति प्याकुरेलःदक्षिण कोरिया

रामसुरज राय यादव: डेनमार्क

डोरनाथ अर्याल

हरिशचन्द्र घिमिरे

तिर्थराज वाग्ले

चैत २४, २०७८ बिहीबार २१:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।