कर्नाटकमा राम सेना संगठनद्वारा मुस्लिम फलफूल व्यापारीहरूलाई बहिष्कार गर्न अपिल

काठमाडौँ : कर्नाटकमा मस्जिदमा बज्ने लाउडस्पिकर र हलाल गरेको मासुलाई लिएर विवाद चर्किरहेको बेला हिन्दुवादी संगठन श्री राम सेनाले अब देखि मुस्लिम समुदायको फलफुल व्यापारीहरुलाई बहिष्कार गर्न अपिल गरेको छ। आँप बजारमा मुस्लिमहरुको कारोबारको बर्चस्व रहेको भन्दै उनीहरूले हिन्दू किसानहरुबाट सस्तोमा फलफूल किनेर बेच्ने गरेको राम सेना संगठनको आरोप छ।
संगठनको सिद्दलिङ्गस्वामीले बीबीसी हिन्दीसंग कुरा गर्दै भने, 'यो कोलार जिल्लाको आँप बजार (जुन राज्यकै सबैभन्दा ठुलो आँप बजार हो)मा मात्र सिमित छैन। यो त यस प्रान्तमा रहेको तरकारी बजारमा पनि छ। उदाहरणको लागि आलंद, बीदर जिल्लामा ५० प्रतिशत मुस्लिम र ५० प्रतिशत हिन्दुको कारोबार हुन्छ। तर, मुस्लिम व्यापारीहरुले गरिब हिन्दु महिलाहरुको सब्जी बजारबाट फालिदिने धम्की दिन्छ।'
सन् २००९ को जनवरीमा मैंगलुरूको एउटा पबमा आफ्नो परिवार सँग आएको महिलाहरुमाथी आफ्नो कार्यकर्ताहरुले गरेको हमला पछि राम सेना पहिलो पटक चर्चामा आएको थियो। त्यस समय देखि यस संगठनले धेरै मुद्दाहरुमा प्रदर्शन गर्दै आएको छ। यस संगठनले प्रेम दिवसविरुद्द पनि निकै प्रदर्शन गर्ने गर्छ।
केही समय अगाडी मात्र राम सेना संगठनले मस्जिदमा स्पिकर बजाएर गरिने ानमाथी रोक लगाउन माग गरेको थियो। यस सँगै फलफूल र तरकारी बजारमा मुस्लिमको कारोबार अधिक भएको भन्दै हिन्दुहरूलाई घुसाउने अभियान पनि चलाइरहेको छ।
उनीहरुको यो अभियानलाई लिएर आँप व्यवसायी संगठन एकदमै निराश छन्। कोलार क्षेत्रमा प्राय सबै प्रकारका आँप फलाउने गरिन्छ। जस्तै: तोतापरी, मलिगा, नीलम, केसर, मालगोवा, रसपुरी, सिंदूरी, बदामी र अल्फोंसो पनि पर्दछन्। यी आँपहरु रेल हुँदै दिल्ली र देशको बाँकी भागहरुमा पनि निर्यात हुने गर्छ। ः तोतापरी, मलिगा, नीलम, केसर, मालगोवा, रसपुरी, सिंदूरी, बदामी र अल्फोंसो पनि पर्दछन्। यी आँपहरु रेल हुँदै दिल्ली र देशको बाँकी भागहरुमा पनि निर्यात हुने गर्छ।
संगठनका अध्यक्ष नीलातुर चिनप्पा रेड्डी भन्छिन्, 'यदि यस क्षेत्रमा मुस्लिमको कारोबार बढी हुन्छ भने त्यसमा के भयो त? यो उनीहरूको धर्म हो। उनीहरूको परम्परागत कारोबार हो। यसबाट कसैलाई पनि किन नराम्रो हुनपर्यो? तपाईहरु पनि आउनुस कारोबार गर्नुस् कसले रोकेको छ र? कोलार जिल्लामा हामी सब एक हौँ। हिन्दु र मुस्लिम मिलेर कारोबार अगाडी बढाउँदा भइहाल्यो नि। किन विवाद गरिराख्न पर्यो?'
'हाम्रो किसानहरूको अरू पनि ठुलो मुद्दा छ। जस मध्येको एक हो ऋण। कारोबारीबाट फाइदा त हुने नै भयो। हाम्रो भनी यो हो कि हिन्दु युवाहरू पनि कारोबार गर्नुस् बजारमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुस्। तर, के उनीहरूले कहिले किसानको फाइदाको लागि अभियान चलाउनुभएको छ?'उनले प्रश्न गरिन्।
कर्नाटकको कोलार जिल्लामा मात्र हरेक वर्ष ८ देखि १९ हजार टन आँप फल्ने गर्छ। आँप व्यवसायी मुस्तफ शरीफका अनुसार, 'यहां करीब ६० प्रतिशत कारोबारी मुस्लिम र ४० प्रतिशत हिन्दु। तर, हामी बीच कुनै पनि मतभेद भएको छैन। साम्प्रदायिक फरक भएकोले केही कुराहरु नमिल्नु स्वाभाविक भए पनि हामीले कहिले पनि एक अर्कालाई नराम्रो व्यवहार गरेका छैनाैँ।'
त्यस्तै हलाल गरेको मासुको विरोध प्रति आफ्नो प्रतिक्रिया दिँदै संगठनको नेता प्रमोद मुत्तालिक भन्छन्, 'हालाल गरेको मासु बन्द गर्ने अभियान शुरु गर्नुको मुख्य कारण भनेको मुस्लिमहरूले गरेको हिजाब विवाद हो। उनीहरू हिजाब विवाद लिएर अदालत गयो अनि फेरी अदालतले गरेको फैसलाको विरुद्दनै गएर संविधानको विरुद्ध आवाज उठाउन थाले। उनीहरूले त सर्वोच्चको फैसला विरोध गर्यो। हामी त उनीहरूको मात्र विरोध गरिरहेका छौँ।'
मस्जिदको लाउडस्पीकरबाट अजान दिने मुद्दामा श्री राम सेनाले लामो समय देखि अभियान चलाइरहेको बताउँदै मुत्तालिकले भने, 'हामीले जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुलाई धेरै गुनासो गर्दै मस्जिदलाई कारवाही गर्नुपर्ने माग पनि राखेका छौँ। अजानमा पुरै प्रतिबन्ध लगाउने हाम्रो माग हो ।'
सर्वसाधारणले यस मुद्दालाई पछाडी धकेल्न निकै मिहेनत गरे पनि मस्जिदबाट निस्कने अजानको आवाज ६० डेसिबल भन्दा बढी हुन नपाउने अदालतले आदेश दिएको छ। यति मात्र होइन राति १० बजे देखि बिहान ६ बजे सम्म मस्जिदमा स्पिकरको प्रयोगमा प्रतिबन्ध पनि लगाएको छ।
अदालतको आदेश कार्यान्वयन गराउन बैँग्लोर प्रहरीले गत फेब्रवरीमा ३१० स्थानमा नोटिस पनि जारी गरेको थियो। जसमा १२५ वटा मस्जिद ८३ वटा मन्दिर, २२ वटा चर्च र ५९ वटा पब जस्तो व्यावसायिक केन्द्रहरू पनि सामेल थियो भने १२ वटा विभिन्न उद्योगहरू पनि समावेश थिए।
चैत २४, २०७८ बिहीबार १८:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।