नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले लिए शपथ
काठमाडौं : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
गैरसांसद अधिवक्ता बन्दीलाई आजै सरकारको सिफारिमा राष्ट्रपतिले मन्त्रीमा नियुक्त गरेकी हुन्। नवनियुक्त मन्त्री बन्दीले आजै कार्यभार सम्हाल्ने छन्।
हालसम्म कानुनमन्त्रीको रुपमा रहेका दिलेन्द्र बडूलाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
चैत २४, २०७८ बिहीबार १५:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।