एमसीसी पारित गर्न सघाएका गोविन्द बन्दी कानूनमन्त्री नियुक्त, बडूको सरुवा उद्योग मन्त्रालयमा

काठमाडौंः कानून व्यवसायी गोविन्द बन्दी कानूनमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दीलाई आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेका हुन्।
आजै दिउँसो २ बजे राष्ट्रपति कार्यालयमा उनले पद तथा गोपनियताको शपथ लिने बताइएको छ।
बन्दी सांसदको भूमिका छैनन्। यद्यपि नेपालको संविधानअनुसार गैरसांसद पनि मन्त्री बन्न पाउँछन्। गैरसांसदको मन्त्री पद ६ महिनाको हुन्छ।
एमसीसी पारित गर्नेबेला बन्दीले व्याख्यात्मक टिप्पणीको मस्यौदा बनाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए।
यस्तै हाल कानून मन्त्रालय सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूलाई भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको भागमा मन्त्री नियुक्त भएको भन्दै विरोध भएपछि गजेन्द्र हमालले राजीनामा गरेयता यो मन्त्रालय प्रधानमन्त्री देउवाले आफैँसँग राखेका थिए।
चैत २४, २०७८ बिहीबार १३:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।