फेरि लाखनजिक पुग्यो सुनको मूल्य

फेरि लाखनजिक पुग्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले वृद्धि भएको छ। 

आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै तेजाबी सुनको मूल्य आज ९८ हजार पाँच सय कायम भएको छ। 

महासङ्घका अनुसार आज चाँदीको मूल्यमा भने १० रुपैयाँले वृद्धि भएको छ। आज चाँदी तोलामा एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

चैत २४, २०७८ बिहीबार १२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।