वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड खरिद गर्न आग्रह

काठमाडौंः नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलकको सिमकार्ड तथा रिमकार्ड खरिद गर्दा वास्तविक विवरण पेश गरेर मात्रै खरिद गर्न आग्रह गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्री-वितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेको गुनासो आएपछि प्राधिकरणले यस्तो सूचना जारी गरेको हो। “मोबाइल सेवा प्रदायकका सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फारम (केवाईसी) रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड/रिमकार्ड बिक्री वितरण भइरहेको भन्ने बुझिन आएको छ। मोबाइल सेवा प्रदायकले प्राधिकरणले दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रीतपूर्वक फारम भर्न लगाइ र विवरण रुजु गरेर मात्र सिमकार्ड/रिमकार्ड बिक्री वितरण गर्नुहुन अनुरोध छ”, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।
निर्देशन बमोजिम सिमकार्ड तथा रिमकार्ड खरिद बिक्री नभएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने प्राधिकरणले जनाएको छ।
चैत २४, २०७८ बिहीबार १२:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।