चितवनमा स्कुटर पल्टिँदा चालकको मृत्यु

चितवनः रत्ननगर नगरपालिका- १० मा गए राति स्कुटर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका रत्ननगर- ५ झुवानीका अन्दाजी ४० वर्षीय मलाहा महतोको मृत्यु भएको हो।
उनको उपचारको क्रममा भरतपुर अस्पतालमा राति सवा १० बजे मृत्यु भएको हो। उनी सवार बागमती प्रदेश-०३-०२ प ३१४८ नम्बरको स्कुटर गए राति पौने १० बजे नियन्त्रण गुमाएर पल्टिको थियो।
चैत २४, २०७८ बिहीबार ११:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।