सीवाईसी नेपाल लघुवित्तले आईपीओ जारी गर्दै, तीन लाख ९५ हजार कित्ता शेयर बिक्री गरिने

सीवाईसी नेपाल लघुवित्तले आईपीओ जारी गर्दै, तीन लाख ९५ हजार कित्ता शेयर बिक्री गरिने

काठमाडौंः सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आउँदो वैशाख २ बाट शेयर बिक्री गर्ने भएको हो।

कम्पनीले रु एक सय अङ्कित मूल्यका तीन लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्री खुलाउने भएको हो। वैशाख ६ गतेसम्म शेयरमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

यस्तै कुल जारी गरिने शेयरमध्ये ६ हजार ८२ कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। १९ हजार ७६६ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर तीन लाख ६९ हजार ४८८ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला हुनेछ।

चैत २४, २०७८ बिहीबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।