दमकमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु, चालक फरार

दमकमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु, चालक फरार

झापाः दमक नगरपालिका- १० जहदामा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका- ८ का २३ वर्षीय विकास ताजपुरिया रहेका छन्।

उनको उपचारको क्रममा दमकस्थित एड्भान्स अस्पतालमा हिजो साँझ साढे ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। हिजो साँझ साढे ५ बजे मे१त ३७४६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको थियो।

ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय दमक झापाले जानकारी दिएको छ।

चैत २४, २०७८ बिहीबार १०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।