बेञ्जिमाले ह्याट्रिक गर्दा चेल्सी ३-१ ले पराजित

काठमाडौंः जारी च्याम्पियन्स लिग फुटबलअन्तर्गत गए राति भएको खेलमा रियल मड्रिडले चल्सीमाथि जित हासिल गरेको छ। स्पेनिस क्लब मड्रिडले इङ्गलिस क्लब चेल्सीलाई ३-१ गोलअन्तरले पराजित गरेको हो।
मड्रिडको लागि तीन वटै गोल करिम बेञ्जिमाले गरे। क्वाटरफाइनलअन्तर्गतको पहिलो लेगको खेलमा २१औं मिनेटमा बेञ्जिमाले पहिलो गोल गरेका थिए। लगत्तै २४औं मिनेटमा उनले दोस्रो गोल गर्दै रियललाई २-० को स्थानमा पुर्याएका थिए।
तर खेलको ४०औं मिनेटमा काइ हार्भटेजले चेल्सीका लागि गोल गरेपछि खेल २-१ को स्थितिमा पुग्यो। त्यसको ६ मिनेटपछि नै फेरि बेञ्जिमाले व्यक्तिगत तेस्रो गोल अर्थात् ह्याट्रिक गर्दै खेललाई ३-१ को स्थितिमा पुर्याए र जित दिलाए।
जितसँगै अब रियलले सेमिफाइनल खेल्ने सम्भावनालाई बलियो बनाएको छ। अब अप्रिल १३ मा हुने क्वाटरफाइनलअन्तर्गतको दोस्रो लेगमा फराकिलो अन्तरले जित हासिल नगरेसम्म चेल्सीको सेमिफाइनल पुग्ने सम्भावना न्यून हुनेछ।
चैत २४, २०७८ बिहीबार ०८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।