न्यून चापीय प्रणालीको प्रभाव: प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।
यतिबेला पहाडी भूभागमा आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश नं १ को पहाडी भूभागका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानमा मेघ गर्जनसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।
आज राति पनि यही मौसम प्रणाली रहनेछ।
चैत २४, २०७८ बिहीबार ०७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।