सर्लाहीमा गोली प्रहार गरी एक भारतीय नागरिकको हत्या

सर्लाहीमा गोली प्रहार गरी एक भारतीय नागरिकको हत्या

सर्लाही : सर्लाहीको मलङ्गवा नगरपालिका–८ मा अज्ञात समूहको गोली प्रहारबाट आज एक जनाको मृत्यु भएको छ। साँझ अज्ञात समूहको गोली प्रहारबाट भारतको सोनबर्साका इनदल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

आज साँझ करिब ६ः५० बजे अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। 

गोली प्रहार कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान सुरु भएको र फरार रहेको समूहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

चैत २३, २०७८ बुधबार २१:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।