बुधबार थप १३ जनामा संक्रमण पुष्टि

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ८०७ को परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या नौ लाख ७८ हजार ५३८ पुगेको छ।
एन्टीजेन परीक्षण गर्नेको संख्या एक लाख ४० हजार १४७ रहेको छ। पछिल्लो समय थप ५७ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त संक्रमणमुक्त हुनको संख्या नौ लाख ६५ हजार ८२२ पुगेको छ। यो दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन। संक्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ।
त्यसैगरी पछिल्लो समय ५६ हजार ५२७ ले खोप लगाएका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७६५ रहेको छ। होमआइसोलेशनमा ७२६ रहेका छन् भने संस्थागत आइसोलेशनमा ३९ आइसियुमा १२ र भेन्टिलेटरमा दुई जनाले उपचार गराइरहेका छन्।
चैत २३, २०७८ बुधबार १७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।