नेपालमा वर्षेनी ५ प्रतिशतले बढ्दैछन् लागू औषध प्रयोगकर्ता

काठमाडौँ : नेपालमा लागू औषधको प्रयोगकर्ता वर्षेनी ५ दशमलव ०६ प्रतिशतले बढेको पाइएको छ। गृह मन्त्रालयले दिएको जानकारी अनुसार सन् २०१९ मा लागू औषध प्रयोगकर्ता १ लाख ३० हजार ३ सय २४ त्यसमा महिला ८ हजार ३ सय ७२ जना रहेका छन्। भने कारागारमा २६ हजार कैदी लागु औषधको मुद्दामा सजाय काटेका छन्। यो भनेको कुल कैदीको २१ प्रतिशत हो। लागू औषध सम्बन्धी अपराध कुल अपराधको ९ प्रतिशत रहेको पाइएको छ।
आर्थिक वर्ष २०७७–०७८ मा लागू औषध प्रयोग, ओसार–पसार तथा बेचबिखनमा परि ४ हजार ६ सय २६ जना पक्राउ परेका थिए जसमध्ये ३ हजार १३ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। एक सय ४७ जना विदेशी समेत रहेका थिए।
गृहले दिएको जानकारी अनुसार लागू औषधको कारोबार हुनेमा काठमाडौँ, रुपन्देही, कास्की, कैलाली, पर्सा प्रमुख रूपमा देखिएको छ। हिजो मन्त्रीपरिषद्बाट लागु औषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना पास भएपछि मन्त्रालयले पत्रकार सम्मेलन गरेको थियो।
चैत २३, २०७८ बुधबार १६:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।