बैंकिङ कसुरमा फरार बज्र लामा पक्राउ

बैंकिङ कसुरमा फरार बज्र लामा पक्राउ

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६, बौद्ध बस्दै आएका ३३ वर्षीय ब्रजसिंह लामा रहेका छन्। 

लामाले एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारेको ब्युरोले जनाएको छ। 

जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उनीविरुद्ध उच्च अदालत पाटनबाट ०७८ चैत १ गते २५ लाख रुपैयाँ जरिवाना र आठ दिन कैद सजाय सुनाइएको थियो।

पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको ब्युरोले जनाएको छ।

चैत २३, २०७८ बुधबार १५:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।