आठ लाखसहित १३ जुवाडे गन्तब्य रेष्टुरेन्टबाट पक्राउ

आठ लाखसहित १३ जुवाडे गन्तब्य रेष्टुरेन्टबाट पक्राउ

भक्तपुर : चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई पक्राउ गरिएको छ। 

महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुवाखालबाट १६ थान कौडा, आठ लाख २२ हजार ६० सहित १३ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

चैत २३, २०७८ बुधबार १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।