श्रीलकांका राष्ट्रपति गोटाबयले राजीनामा नदिने

श्रीलकांका राष्ट्रपति गोटाबयले राजीनामा नदिने

एजेन्सी : चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले राजीनामा नदिने घोषणा गरेका छन्। राष्ट्रपति गोटाबयको राजीनामा माग गर्दै श्रीलकांमा हाल प्रदर्शन भइरहेको छ। 

पदेशभर प्रर्दशन भए पनि गोटाबे पक्षीय नेता जोन्सटन फर्नान्डोले सूचना जारी गर्दै गोटाबयले राजीनामा नदिने जानकारी गराएका हुन्। हामी एक जिम्मेवार सरकारको रूपमा रहेको कारण राष्ट्रपति गोटाबयले कुनै पनि परिस्थितिमा राजीनामा नदिने जानकारी गराउँछौँ’ सूचनामा उल्लेख छ।

गोटाबेले हालै मात्र देशमा लगाइएको आपतकाल हटाइएको घोषणा गरेका थिए। श्रीलंकामा हाल आर्थिक संकट चुलिँदै गए पश्चात् खाना, इन्धन तथा अन्य अत्यावश्यक वस्तुहरूको चरम अभाव चुलिँदै गएको अवस्था छ। त्यहाँका जनताहरूले दैनिक १३ घण्टा सम्म बिजुली बत्ती कटौती भोगिरहेका छन्।

यति मात्र नभएर श्रीलंकामा हाल सामाजिक सञ्जालमा समेत प्रतिबन्ध लगाइएको छ। श्रीलकांले हाल भोगिरहेको आर्थिक संकट सन् १९४८ यताको सबै भन्दा गम्भीर आर्थिक संकटको रूपमा बत्ताइँदै आएको छ।

चैत २३, २०७८ बुधबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।