आर्थिक सङ्कट घटाउन पेट्रोलको आयात आधा मात्र गर्न राष्ट्र बैङ्कको सुझाव

आर्थिक सङ्कट घटाउन पेट्रोलको आयात आधा मात्र गर्न राष्ट्र बैङ्कको सुझाव

काठमाडौँ : आयात बढ्दा अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै गाडी लगायतका विलासिताका सामानको एलसी खोल्न रोक लगाएको नेपाल राष्ट्र बैङ्कले सरकारलाई अब पेट्रोलियम पदार्थको आयात समेत आधा घटाउन सुझाव दिएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार बैङ्कले वर्तमान अर्थतन्त्रको अवस्था र सुधार गर्नुपर्ने पक्षबारे चैत १६ मा मन्त्रालयमा सुझाव पठाएको थियो। पत्रमा अहिले नेपालमा आयात भइरहेको पेट्रोलियम पदार्थको आयात आधा घटाउन सुझाव दिएको छ।

नेपाल आयल निगमले अहिले मासिक ३० अर्ब हाराहारीको इन्धन आयात गर्दै आएको छ। राष्ट्र बैङ्कले त्यसलाई घटाएर १३ अर्बसम्ममा ल्याउन सुझाव दिएको छ।

निगमले अहिले मासिक २ लाख ७८ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्दा समेत पूर्ण माग पुरा गर्न सकेको छैन। यदी बैङ्कको सुझाव स्वीकार गरेर आधा आयात बनाएमा पेट्रोलियम पदार्थको अभाव हुनसक्ने देखिन्छ।

चैत २३, २०७८ बुधबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।