सुनको मूल्य घट्यो

काठमाडौं- बुधबार सुनको मूल्य घटेको छ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर ९८ हजार ५०० रुपैयाँ तोकिएको छ। सुन अघिल्लो दिन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ। यसको मूल्य मंगलबार प्रतितोला ९८ हजार ३०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३३५ पुगेको छ।
चैत २३, २०७८ बुधबार १३:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।