७१ लाख बढी युक्रेनी आन्तरिक रूपमा विस्थापित

७१ लाख बढी युक्रेनी आन्तरिक रूपमा विस्थापित

जेनेभा : रूसले गरेको आक्रमणपछि ७१ लाखभन्दा बढी युक्रेनी नागरिक आन्तरिक रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघका अनुसार घर छाडेर भागेका उनीहरु आफ्नै देशमा रहेका छन्।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रबासन सम्बन्धी संगठन (आइओएम)ले मार्च १६ मा जारी गरेको पहिलो अध्ययनमा अनुमानित ६४ लाख ८० हजार आन्तरिक रूपमा विस्थापित व्यक्ति रहेको बताइएको थियो। 

आइओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोले भने, 'युद्धका कारण मानिसहरू आफ्नो घर छोडेर भागिरहेका छन् र जमिनमा भएका मानवीय आवश्यकताहरू अझै बढिरहेका छन्।'

रूसले फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरेपछि लाखौं मानिसहरू आफ्नो घर छोडेर भागेका छन्। ४२ लाखभन्दा बढी युक्रेनी विदेश पलायन भएका छन्।

आइओएमले मार्च २४ देखि अप्रिल १ बीच आफ्नो दोस्रो सर्वेक्षण गरेको थियो र शुक्रबारसम्म युक्रेनभित्र ७१ लाख ३८ हजार ७१५ जना आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ। यसमध्ये ५९ प्रतिशत महिला रहेको अनुमान छ।

झन्डै २४ लाख मानिसहरू किभ क्षेत्रबाट भागेको अनुमान गरिएको छ भने २४ लाख युक्रेनको पूर्वी क्षेत्र र १७ लाख उत्तरी क्षेत्रबाट विस्थापित बनेका छन्। 

सर्वेक्षणले देखाएअनुसार ४१ प्रतिशत अर्थात् २.९ करोड आन्तरिक रूपमा विस्थापितहरू अहिले देशको पश्चिमी क्षेत्रमा रहेका छन्।

यसले पत्ता लाग्यो कि ६० प्रतिशतभन्दा बढी विस्थापित परिवारहरूमा बालबालिका, ५७ प्रतिशत वृद्ध सदस्यहरू र ३० प्रतिशत दीर्घरोगी रहेको अनुमान गरिएको छ। विस्थापित परिवारमध्ये एक तिहाइभन्दा बढीले गत महिनामा कुनै आम्दानी नभएको जनाएका थिए।

चैत २३, २०७८ बुधबार ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।