सिटिद्वारा एट्लेटिको मड्रिड स्तब्ध

सिटिद्वारा एट्लेटिको मड्रिड स्तब्ध

काठमाडौं : युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल इङ्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ।

मिडफिल्डर केभिन डि ब्रुयनले दोस्रो हाफमा गोल गर्दै सिटीलाई घरेलु मैदानमा जित दिलाएका थिए। उनले खेलको ७०औं मिनेटमा फिल फोडेनको पासमा गोल गरे।

यो जितसँगै सिटीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ।

दोस्रो लेगको क्वाटरफाइनल एट्लेटिकोको मैदानमा १३ अप्रिलमा हुनेछ।

चैत २३, २०७८ बुधबार ०८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।