पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, खाना पकाउने ग्यासमा २५ रुपैयाँले वृद्धि

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँले वृद्धि भएको छ भने खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढेको छ।
नेपाल आयल निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १६० रुपैयाँ पुर्याएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ।
त्यस्तै हवाइ इन्धनको मूल्य ५ रुपैयाँ बढेर प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ।
चैत २३, २०७८ बुधबार ०८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।