अभिनेता भुवन केसीले काठमाडौंको मेयरमा उम्मेदवारी दिने

काठमाडौं : आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन्।
उन्नत लोकतन्त्र पार्टीले एक विज्ञप्ति जारी गर्दै केसीलाई काठमाडौं महानगरको उम्मेदवार बनाउने निर्णय गरेको हो।
मंगलबार बसेको केन्द्रीय समिति बैठकले भुवन केसीलाई मेयरमा उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका अध्यक्ष स्वागत नेपालले विज्ञप्तमार्फत जनाएका छन्। उपमेयरमा भने रेश्मा लामालाई उठाउने निर्णय समेत पार्टीले गरेको छ।
केसीलाई पार्टीको परराष्ट्र विभागको विभागीय अध्यक्षको जिम्मेवारी दिइएको पनि अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चैत २३, २०७८ बुधबार ०८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।