युरोपियन लिग : बेनिफिकामाथि लिभरपुलको सहज जित

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग अन्तर्गत पहिलो क्वार्टरफाइनलमा लिभरपुलले बेनिफिकालाई ३-१ गोल अन्तरले पराजित गरेको छ।
लिभरपुलको जितका लागि इब्राहिम कोनाटे, साडियो माने र लुइस डिआजले एक/एक गोलको योगदान गरे। बेन्फीका लागि भने डार्विन नुनेजले एक गोल गरे।
इब्रहिमा कोनाटेले खेलको १७औं मिनेटमा पहिलो गोल गरेका थिए भने ३४औं मिनेटमा साडियो मानेले गोल गरेका थिए।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको लिभरपुल विरूद्व बेनिफिकाले दोस्रो हाफको ४९औं मिनेटमा एक गोल फर्काएको थियो। तर डियाजले ८७औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३-१ ले विजयी बनाएका थिए।
चैत २३, २०७८ बुधबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।