बैंगलोरद्वारा राजस्थान रोयल्स ४ विकेटले पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल्स च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ४ विकेटको पराजित गरेको छ।
मुम्बईस्थित वाङ्खडे स्टेडियममा मंगलबार राति राजस्थानलाई हराउँदै बैंगलोरले आइपिएलमा दोस्रो जित निकालेको हो।
राजस्थानले दिएको १७० रनको लक्ष्य पछ्याएको बैंगलोरले १९ दसमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो।
विजेता टिमका लागि साहबाज अहमेदले ४५ रन बनाएका थिए भने दिनेश कार्तिकले ७ चौका र १ छक्का प्रहार गर्दै ४४ बनाए।
बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट र युजभेन्द्र चहालले दुई/दुई लिएका थिए।
पहिले ब्याटिङका लागि मैदानमा उत्रिएको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो।
राजस्थानका लागि जस बटलरले ७० रन बनाए। उनले ४७ बलमा ६ छक्का प्रहार गरेका थिए।
बैंगलोरका लागि डेभिड विले, वानिन्दु हर्शरंगा र हर्शल पटेलले एक/एक विकेट लिएका थिए।
चैत २३, २०७८ बुधबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।