पाँच तोलाको सिक्री थुतेर भागेका गुन्जन पक्राउ

पाँच तोलाको सिक्री थुतेर भागेका गुन्जन पक्राउ

काठमाडौँ : पाँच तोलाको सुनको सिक्री गलाबाटै थुतेर भागेको आरोपमा भारत सिक्किमका गुन्जन तामाङ पक्राउ परेका छन्। चैत २१ गते साढे पाँच बजे ठमेलको ज्याठामा सडकमा हिँडिरहेको बेलामा उमेश कार्कीको सुनको सिक्री थुतेर फरार भएका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उत्तर गेट नजिकबाट भारत सिक्किम घर भई लाजिम्पाट बस्ने वर्ष-२६ को गुन्जन तामाङलाई ५ तोलाको सुनको सिक्री सहित पक्राउ गरेको हो।

चैत २२, २०७८ मंगलबार २०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।