एआइजी बढुवा विवादमा अन्तरिम आएन, छलफलमा डाक्यो अदालतले

एआइजी बढुवा विवादमा अन्तरिम आएन, छलफलमा डाक्यो अदालतले

काठमाडौँ : नेपाल प्रहरीको एआईजी बढुवा विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई अदालतमा छलफलमा बोलाएको छ। न्यायाधीश डा  कुमार चुडालको एकल इजलासले मङ्गलवार रिटकर्ताको माग अनुसार अन्तरिम आदेश दिन मानेन। इजलासले दुवै पक्षलाई चैत २८ मा छलफलका लागि बोलाएको छ। 

सरकारले हालै डिआइजीबाट एआइजीमा गरेको बढुवा विरुद्ध उजुरी सुनुवाइ समितिमा गएका डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्की पुन अदालत गएका थिए।

उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा कनिष्ठ डिआइजीहरूलाई एआइजीमा बढुवा गरेको भन्दै सो बढुवा बदर माग गर्दै आफूलाई एआइजीमा बढुवा गर्न माग गरेका छन्।

कार्की सर्वोच्चमा रिट बोकेर गएकै दिन मन्त्रीपरिषद् बैठक बसेर बढुवा सिफारिस समितिको सिफारिस अनुसार वसन्त पन्त, धिरज प्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेर पदस्थापन समेत गरिसकेको छ।

चैत २२, २०७८ मंगलबार २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।