फेरि आयो पुरानै पाँच अध्यादेश
काठमाडौँ : पटक-पटक संसद् बसे पनि अवरोध हुँदा पास हुन नसकेर निष्क्रिय भएका पाँच वटा कानुनका अध्यादेश जारी भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले निष्क्रिय भइसकेका पाँच अध्यादेश पुन जारी गरेकी हुन्।
राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार राष्ट्रपतिबाट मङ्गलवार यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको हो।
संसद् बैठक बसे पनि यी अध्यादेश पास हुन नसक्दा पटक-पटक जारी हुने गरेका छन्।
चैत २२, २०७८ मंगलबार २०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।