धर्मको नाममा प्रचार-प्रसारमा रोक, अब के गर्छ राप्रपा नेपालले !

धर्मको नाममा प्रचार-प्रसारमा रोक, अब के गर्छ राप्रपा नेपालले !

काठमाडौँ : पार्टीको निर्वाचनमा पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेर हराएको भन्दै राप्रपा छाडेर राप्रपा नेपाललाई सक्रिय बनाइरहेका कमल थापाले हिन्दु धर्मलाई पार्टीको अजेन्डा बनाएका छन्। तर निर्वाचन आयोगले मङ्गलवार जारी गरेको ६० बुँदे निर्देशन अनुसार चुनावमा धर्मको नाममा प्रचार गर्न रोक लगाएको छ।

निर्देशनको ४९ नम्बरको बुँदामा कुनै पनि धर्मको नाममा प्रचार प्रसार गर्न र गराउन तथा कुनै पनि साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचार प्रसार गर्न वा मत माग्न रोक लगाएको छ।

तर थापाले राप्रपा नेपालको मूल अजेण्डामा संवैधानिक राजतन्त्रको स्थापना हटाएर धर्म निरपेक्षता हटाएर हिन्दु राज्य बनाउने माग अगाडि सारेका छन्। कार्यकर्ता भेला गर्दै हिँडेका उनले ती भेलाहरूमा समेत धर्मलाई नै मुख्य चुनावी अजेण्डा बनाउँदै हिँडिरहेको बेलामा आयोगले त्यस्तो गर्न रोक लगाएको छ।

चैत २२, २०७८ मंगलबार २०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।