आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि

आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २१ जना र एन्टिजन परिक्षण गर्दा ३ जना गरि जम्मा २४ जना नयाँ संक्रमित थपिएका हुन्।            

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ। यस अवधिमा ५१ जना कोरोनामुक्त भएका छन्। योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ।        

पछिल्लो २४ घण्टामा ५ हजार ५८५ जनाले कोरोना परिक्षण गरेका थिए भने १७ हजार ७५५ जनाले खोप लगाएका थिए। हाल सक्रिय संक्रमितको संख्या ८१२ जना रहेका छन्।   

चैत २२, २०७८ मंगलबार १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।