रमेश सिलवालका लागि राखेपको ढोका बन्द भयो

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका तत्कालीन सदस्यसचिव रमेश सिलवालको रिट अदालतले खारेज गरेको छ।
मङ्गलवार बसेको न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गरेको हो। सिलवालको रिट खारेज भएकाले अब उनी राखेप फर्कने बाटो बन्द भएको छ।
सरकारले सिलवाललाई बर्खास्त गरेर सदस्य सचिवमा टङ्कलाल घिसिङलाई नियुक्त गरेको थियो। तर सरकारको निर्णयविरुद्ध सिलवाल अदालत गएपछि राखेपको काम प्रभावित भएको थियो। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सिलवाल खेलकुदको कुनै अनुभव नभए पनि राखेपको सदस्य सचिवमा नियुक्त भएका थिए।
चैत २२, २०७८ मंगलबार १७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।