ट्युसन पढ्न गएकी १७ बर्षिया कविताको हत्या आशङ्कामा २ जना हिरासतमा

ट्युसन पढ्न गएकी १७ बर्षिया कविताको हत्या आशङ्कामा २ जना हिरासतमा

काठमाडौँ : ट्युसन पढ्न घरबाट निस्किएकी उदयपुरको बुद्धचोककी कविता सुनुवारको हत्याको आरोपमा २ जना पक्राउ परेका छन्। एसइई परीक्षाको तयारीमा रहेकी उनी ट्युसन जान मङ्गलवार बेलका नगर वडा नम्बर तीनमा रहेको घरबाट निस्किएपछि नफर्किएपछि खोजी गर्दा शव फेला परेको थियो।

१७ वर्षकी उनको शव यशोदा खोलामा फेला परेको थियो। वरपर रगत लत्पतिएको र टाउकोमा गह्रुँगो वस्तुले हानेको झैँ देखिएपछि हत्या भएको हुनसक्ने देखिएपछि प्रहरीले उनकै दुई जना साथीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। उनीहरू जिल्ला प्रहरी कार्यालय गाईघाटको हिरासतमा छन्।

पक्राउ परेका दुवै जना एकै घरका रहेका र उनीहरू पनि कविता पढ्ने कोसी जनता माध्यमिक विद्यालयकै विद्यार्थी रहेको अनुसन्धानमा संलग्न स्रोतले उकेरालाई जानकारी दियो।

विद्यालयले अनुसन्धान अगाडि नै विद्यार्थीको हत्या भएको भन्दै विज्ञप्ति निकालेको छ। स्थानीयले हत्यामा संलग्नलाई पक्राउको माग गर्दै शव उठ्न दिएका छैनन्।

चैत २२, २०७८ मंगलबार १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।