सुजुकीको ह्यापी न्यु कार ग्राहक योजना सुरु

सुजुकीको ह्यापी न्यु कार ग्राहक योजना सुरु

काठमाडौँ : नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सिजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले यस नयाँ वर्षका लागि ‘सुजुकी ह्यापी न्यु कार' ग्राहक योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउने कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू भएको छ। सुजुकीका विभिन्न मोडेलहरूका कारहरू बमोजिम फरक-फरक हिसाबका छुटहरू लागू हुने कम्पनीले जानकारी दिएको छ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, सेलेरिओ, इग्निस्, स्विफ्ट, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरू विक्री वितरण गर्दै आएको छ।

चैत २२, २०७८ मंगलबार १६:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।