एसियन लाइफ ईन्स्योरेन्सको जीवन बिमा कोषमा ३० अर्ब २४ करोड

काठमाडौँ : एसियन लाइफ इन्स्योरेन्स पन्ध्रौँ वर्षमा प्रवेश गरेको छ। देशभर रहेका १ सय ५१ शाखा-उपशाखामार्फत जीवन बिमा सेवा प्रदान गरिरहेको कम्पनीले १४ वर्षको अवधिमा २०७८ फागुन मसान्तसम्ममा ६ लाख ३४ हजार बीमालेख बिक्री गरी ३३ अर्ब ७५ करोड बीमाशुल्क सङ्कलन गरेको छ।
कम्पनीको जीवन बिमा कोष ३० अर्ब २४ करोड र कूल लगानी ३२ अर्ब ४३ करोड रहेको छ। कम्पनीले २०७८ चैत्र २१ बाट वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वसँग सम्बन्धी विविध कार्यक्रमहरू आयोजना गरेको थियो।
सामाजिक उत्तरदायित्वलाई विशेष प्राथमिकता दिएर कम्पनीले मैतीदेवीस्थित प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। जसमा ५० जनाले रक्तदान गरेका थिए। बालकोट, भक्तपुरस्थित मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरियो।
कम्पनीको ४७ वटा शाखा कार्यालयमार्फत स्थानीय आश्रम, विद्यालय तथा अनाथालयहरूमा चार लाख ७० हजार मूल्य बराबरको शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर सामाग्री वितरण गरेको थियो।
वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको सञ्चालक समिति अध्यक्ष दीपक कुमार श्रेष्ठले इन्स्योरेन्सको व्यवसायीक यात्रामा निरन्तर चौध वर्षदेखि सहयोग पुर्याउँदै आएका शुभेच्छुकहरूमा आभार व्यक्त गरेका थिए।
चैत २२, २०७८ मंगलबार १५:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।