पोखराकी रवीना खातुन तीन दिन जेल चलान

पोखराः बैंकिङ कसुरमा एक जनालाई जेल चलान गरिएको छ। पोखराको मियाँपाटन बस्दै आएकी रवीना खातुनलाई बैंकिङ कसुरमा ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले तीन दिन कैद र एक लाख आठ हजार जरिवानाको फैसाला गरेको हो।
उनले एक व्यक्तिलाई खाली चेक दिएर पटक पटक झुक्काएपछि जिल्ला प्रहरी कार्यलय कास्कीमा उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो। त्यसपछि प्रहरीले उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता गरेको थियो।
जिल्ला अदालत कास्कीले खातुनलाई २०७८ साउन २७ गते तीन दिन कैद फैसला सुनाए पनि उनी फरार भएकी थिइन्।
अदालतको फैसलापछि फरार रहेकी खातुनलाई सोमबार पक्राउ गरी फैसलाअनुसार जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक खगेन्द्र अधिकारले बताए।
खातुनलाई तीन दिन जेल चलान गर्न अदालतले कास्की कारागारलाई पत्र काटेको छ। अदालतले चेक वाहकलाई एक लाख आठ हजार नतिरे पीडित राहत कोषमा बुझाउनुपर्ने दुई सय र एक दिनको तीन सय रुपैयाँका दरले ११ महिना १६ दिनसम्म कारागार राख्न अनुमति दिएको छ।
चैत २२, २०७८ मंगलबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।