विवाह गर्ने प्रलोभन देखाएर ४२ लाख ठगी गर्ने लोकबहादुर प्रहरीको फन्दामा

विवाह गर्ने प्रलोभन देखाएर ४२ लाख ठगी गर्ने लोकबहादुर प्रहरीको फन्दामा

काठमाडौंः विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका-३ का ५२ वर्षीय नवीन भनिने लोकबहादुर श्रेष्ठ रहेका छन्। 

विवाह गर्ने प्रलोभन देखाई पीडितलाई विश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै पैसा पठाउन लगाई उनले ठगी गरेको खुलेको छ। उनले आइएमई तथा सिटीएक्सप्रेस मार्फत पटक पटक गरी ४२ लाख ३४ हजार पठाउन लगाएका थिए।

यही सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई विशालनगरबाट पक्राउ गरेको हो। 

उनलाई ठगी कसुरअन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।

चैत २२, २०७८ मंगलबार १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।