सिन्धुपाल्चोकमा भीरबाट लडेर एक जनाको मृत्यु

सिन्धुपाल्चोकः जिल्लाको त्रिपुरासुन्दरीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिपुरासुन्दरी–३ पहरेपानीका ३० वर्षीय सन्तोष थामी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
सोमबार दिउँसो ३ बजेतिर घरमाथि रहेको भीरबाट लडेका थामीको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा प्राथामिक स्वाथ्य केन्द्र बाह्रबिसेमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए।
उपचारकै क्रममा थामीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
चैत २२, २०७८ मंगलबार १२:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।