कांग्रेस नेता पौडेलको नेतृत्त्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौंः सत्ता गठबन्धनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्त्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। दलहरूको आज बिहान बसेको बैठकले पौडल सञ्योजक रहने समिति गठन गरेको हो।
समितिका अन्य सदस्यहरूमा को रहने भन्नेबारे भने हाल टुङ्गो लागेको छैन।
यस्तै देशको अर्थतन्त्रलाई मध्यनजर गर्दै सरकारको तर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ भने अन्तरक्रियाबाट प्राप्त हुने सुझावअनुसार ठोस कदम चाल्ने पनि निर्णय भएको छ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो तीन दिने भारत भ्रमणको ब्रिफिङ समेत गरेका थिए। समग्रमा भ्रमण सफल भएको निष्कर्ष बैठकले निकालेको थियो।
चैत २२, २०७८ मंगलबार ११:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।