रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोकिँदा १९ वर्षीय सन्तोषको मृत्यु

बर्दियाः जिल्लाको बाँसगढी नगरपालिका- ८ ककौरामा हिजो रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक बाँके बैजनाथ गाँउपालिका- ५ का १९ वर्षीय सन्तोष चौधरी रहेका छन्। गम्भीर घाइते उनको उपचारको क्रममा बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा गए राति ११ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
घाइते भएका मोटरसाइकलमा सवार सोही स्थानका २२ वर्षीय कविराम चौधरीको हाल उपचार भइरहेको छ। हिजो बेलुकी पौने ८ बजे चौधरीद्वय सवार भे३प ७७५९ नम्बरको मोटरसाइकल सडकछेउमा रोकिराखेको भे१त ३१७ नम्बरको ट्रयाक्टरमा ठोक्किएको थियो।
ट्रयाक्टर चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले नियन्त्रणमा लिएको छ।
चैत २२, २०७८ मंगलबार १०:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।