२०७९ देखि सरकारले नै आधिकारिक राष्ट्रिय पञ्चाङ्ग प्रकाशन गर्ने

२०७९ देखि सरकारले नै आधिकारिक राष्ट्रिय पञ्चाङ्ग प्रकाशन गर्ने

काठमाडौंः आउँदो वर्ष २०७९ का लागि सरकारले नै आधिकारिक राष्ट्रिय पञ्चाङ्ग प्रकाशन गर्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ०७९ देखि राष्ट्रिय पञ्चाङ्ग प्रकाशनमा ल्याउने भएको हो।

समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार राष्ट्रिय पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको समितिले यसअघि अन्य पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिने काम मात्र गर्दै आएको थियो।

समितिका अनुसार यही सातासम्म राष्ट्रिय पञ्चाङ्ग प्रकाशन भइसक्ने छ। सरकारको आधिकारिक पात्रो प्रकाशनमा आएपछि चाडपर्वलगायत विषयमा हुँदै आएका विवाद अन्त्य हुने समितिको विश्वास रहेको छ।

चैत २२, २०७८ मंगलबार ०८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।