बेलायती मिसाइलको नामबाट दुई युक्रेनी बालबालिकाको नामाकरण

बेलायती मिसाइलको नामबाट दुई युक्रेनी बालबालिकाको नामाकरण

एजेन्सीः युक्रेनमा जन्मिएका दुई बालबालिकाको मिसाइलको नामबाट नामाकरण गरिएको छ। रुससँग युद्ध चलिरहेको बेला जन्मिएका उनीहरूको नाम बेलायती मिसाइलको नामबाट नामाकरण गरिएको हो।

युक्रेनी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले बालकको नाम ज्याभेलिन र बालिकाको नाम ज्याभेलिना राखिएको बताएको छ।

युक्रेनी पूर्वफर्स्ट लेडी कटरिना युस्चेन्कोका अनुसार यी नामहरू भिनित्सिया शहरमा दर्ता भएका छन्। बेलायती मिसाइलको नामबाट बालबालिकाको नामाकरण गरिनु युक्रेनमा पठाइएको पश्चिमा हातहतियारप्रतिको कृतज्ञताको सङ्केत रहेको पनि उनले बताएकी छिन्।

चैत २२, २०७८ मंगलबार ०८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।