मौसम अपडेट: प्रदेश १, बागमती र गण्डकीमा वर्षा

मौसम अपडेट: प्रदेश १, बागमती र गण्डकीमा वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।

यतिबेला प्रदेश नं १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ को पहाडी भूभागका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश नं १ को पहाडी भूभागका एक वा दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

चैत २२, २०७८ मंगलबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।