रिट परेकाले काम थालिसके, अदालतमा सुनुवाइ नै सुरु भएन

रिट परेकाले काम थालिसके, अदालतमा सुनुवाइ नै सुरु भएन

काठमाडौँ : गोला प्रथाबाट पेशी तोक्दा हेर्न नमिल्ने न्यायाधीशको इजलास परेपछि नेपाल प्रहरीको एआइजीमा भएको बढुवा विवादको रिटमा सुनुवाइ हुन सकेन।

बढुवा सिफारिस समितिको आधारमा सरकारले हालै तीन डिआइजीलाई एआइजीमा बढुवा गरेको थियो। सो निर्णयविरुद्ध उजुरी सुनुवाइ समितिमा गएका डिआइजीको पक्षमा निर्णय नआएपछि उनीहरू सर्वोच्च गए।

तर सो रिटमा सुनुवाइ नै सुरु हुन सकेको छैन। सोमबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ परेको थियो। तर उनले सो रिटमा सुनुवाइ गर्न नमिल्ने भएपछि हेर्न नमिल्ने सूचीमा राखियो।

मन्त्रिपरिषद्ले वसन्त पन्त, धिरज प्रताप सिंह र रवीन्द्र धानुकको बढुवा गरेर पदस्थापन समेत गरिसक्यो। सो निर्णय विरुद्ध डिआइजी ईश्वर बाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्की सर्वोच्चमा रिट बोकेर गएका थिए।

चैत २१, २०७८ सोमबार १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।