पिएनजीलाई नेपालको १६९ को टार्गेट

पिएनजीलाई नेपालको १६९ को टार्गेट
तस्बिर : क्यान

काठमाडौँ : त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको फाइनलमा नेपालले पपुवा न्यु गिनी (पिएनजी) लाई एक सय ६९ रनको टार्गेट दिएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रनको योगफल तयार गरेको थियो।

टस हारेर ब्याटिङमा आएको नेपालको तर्फबाट दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रन बनाए। उनले ३८ बलमा पाँच चौका हानेका थिए। अन्य खेलाडीहरू ऐरीझैँ जम्न सकेनन्। नेपालले ४४ रन जोड्दा दुई विकेट गुमाइसकेको थियो। त्यसपछि ८२ रनमा तेस्रो, चौथो र पाँचौँ विकेट गुमाएपछि नेपालको ब्याटिङको लय बिग्रियो। एक सय १४ रनमा छैटौँ विकेट गुम्यो।

ओपनर कुशल भुर्तेल र आसिफ शेख २५ र २९ रनमा आउट भए। तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहितकुमार पौडेल दुई रन मात्र बनाए। दिलीपनाथ र आरिफ शेख डकआउट भए। करण केसीले १२ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन बनाए। पिएनजीका सेमो कामेआले तीन विकेट लिए। चाड सोपेर, काबुआ मोरेअ, रिले हाकुरेले समान एक-एक विकेट लिए।

 

चैत २१, २०७८ सोमबार १४:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।