डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, सात घाइते

काठमाडौंः डोटीको पूर्वीचौकी गाँउपालिका-१ स्थित दौडिकोटमा हिजो बेलुकी जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। सोही दुर्घटनामा सात जना घाइते भएका छन्।
मृत्यु हुनेमा डोटीकै पुर्वीचौकी गाँउपालिका-३ का २९ वर्षीय खेम बोहरा र सोही ठाँउका ४५ वर्षीय पुरन बोहरा रहेका छन्। घाइते भएका सात जनालाई उपचारको लागि जिल्ला अस्पताल डोटी पठाइएको छ। गम्भीर घाइते भएका चार जनालाई भने थप उपचारको लागि त्यहाँबाट धनगढीस्थित निसर्ग अस्पताल पठाइएको छ।
से१ज ८३९ नम्बरको जीप हिजो बेलुकी ७ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ६०० मिटर तल खोलामा खसेको थियो।
जीपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएको छ।
चैत २१, २०७८ सोमबार ०९:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।