परराष्ट्रमन्त्रीको कुतर्क : देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा, भाजपा कार्यालय सभापतिको हैसियतमा !

परराष्ट्रमन्त्रीको कुतर्क : देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा, भाजपा कार्यालय सभापतिको हैसियतमा !

काठमाडौँ : नेपालको प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएका शेरबहादुर देउवा भारतको सत्ताधारी दल भारतीय जनता पार्टीको कार्यालयमा गएपछि उनको काँचो कूटनीतिक व्यवहारको आलोचना भयो। नेपालको प्रधानमन्त्रीका रूपमा भएको भ्रमणमा भारतको सबै दल र नेतासँग समान सम्बन्ध विस्तार गर्नुपर्नेमा उनी भाजपाको पार्टी कार्यालयमा जाँदा भारत सरकारले निम्ता गरेको हो या भाजपाले भन्दै आलोचना भएको थियो।

भारत भ्रमण सक्काएर नेपाल फर्किएपछि त्रिभुवन विमानस्थलमा भारत भ्रमणबारे मिडियामा ब्रिफिङ गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले कुतर्क गरेर कमजोरी ढाकछोपको प्रयास गरे।

उनले प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएका देउवा भाजपाको पार्टी कार्यालयमा भने कांग्रेस सभापतिका रूपमा गएको कुतर्क गरे। भारत सरकारले नेपाली कांग्रेसका सभापति देउवालाई भ्रमणको निम्ता दिएको थिएन। नेपालका प्रधानमन्त्री देउवालाई निम्ता गरेको थियो।

आलोचना ढाकछोप गर्न खड्काले दुई पार्टीबिचको सम्बन्ध बलियो बनाउन प्रधानमन्त्री देउवा नेपाली कांग्रेसको पार्टी सभापतिको हैसियतमा भाजपाको  मुख्यालयमा गएर भेट गरेको भन्दै त्यसलाई कूटनीतिक मर्यादा विपरीत भन्न नमिल्ने दाबी गरे।

उनले कांग्रेसको विभिन्न देशका पार्टीहरूसँग मैत्रीपूर्ण सम्बन्ध रहेको र चीनको कम्युनिस्ट पार्टीसँग पनि कांग्रेसको राम्रो सम्बन्ध रहेको भन्दै भाजपाको कार्यालयमा देउवा  प्रधानमन्त्रीको नाताले नभई कांग्रेस सभापतिको नाताले गएको दाबी गरे।

चैत २०, २०७८ आइतबार २१:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।