प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ : परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन्। आइतबार साँझ तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएकपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलन खड्काले भ्रमणले मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भएको बताएका हुन्।
'मैत्रीपूर्णल सम्बन्धलाई प्रधानमन्त्रीको भ्रमणले नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भयो, खड्काले भने, कोभिडका कारण उच्चस्तरीय भ्रमण भएका थिएनन्, यो भ्रमणले नेपालको छिमेकीसँगको बहुआयामिक सम्बन्ध प्रगाढ र नयाँ उचाइमा पुर्याउने कुरामा प्रधानमन्त्री जोड दिनु भएको छ।'
परराष्ट्र मन्त्री खड्काले देउवा प्रधानमन्त्रीको रुपमा नभइ कांग्रेस सभापतिको रुपमा भाजपा कार्यालय भ्रमणमा गएको तर्क गरे। प्रधानमन्त्री कुटनीतिक मर्यादामा नरहेको विषयको खण्डन गर्दै उनले सभापति भएको नाताले कांग्रेसले दुवै देशसँग मैत्री पूर्ण सम्बन्ध राखेको बताए।
उनले चीनको कम्युनिस्ट पार्टीका साथमा भारतीय कांग्रेस र भाजपासँग कांग्रेसको राम्रो सम्बन्ध रहेको बताए। देउवा कांग्रेस सभापतिको रुपमा सम्बन्ध कायम राख्न भाजपा कार्यालय पुगेको उनको भनाइ छ।
चैत २०, २०७८ आइतबार २१:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।